अज्ञात समुहद्वारा सरकारी गाडीमा आगजनी

Prabhu Bank

काठमाण्डौ । नवलपरासीको कावासोतीमा अज्ञात समुहले सरकारी गाडीमा आगजनी गरेको छ। नवलपुर जिल्ला अदालतका श्रेष्तेदार सारदा दत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गोडीमा गएराति आगजनी भएको हो।

Saftey Pads

आगजनीको कारणमाथि प्रहरीले अनुसन्धान गरिरहेको भए पनि आगो विप्लव समुहका कार्यकर्ताहरुले लगाइदिएको हुन सक्ने आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी अर्जुन रानाभाटले गाडीको मुनी मट्टितेलको गन्ध आएका केही बोराका टुक्रा फेला परेकोले गाडीमा कसैले आगो लगाइदिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

कावासोती ८ थकाली चोक निवासी अर्जुनकुमार श्रेष्ठको घरमा भाडामा बस्दै आएका बडुको गाडी श्रेष्ठको घर साइडमा फार्किङ गरिराखेको थियो।

अन्य सम्बन्धित समाचार:  टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै पर्वतका विद्यालय

राति सोही घरमा भाडामा बस्ने झपटबहादुर कुवर लगायत ४ जना मानिस काठमाडौं जान निस्कँदा एक्कासी आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए र राति नै प्रहरी, स्थानीय र दकलको सहायताले आगो नियन्त्रणमा लिएको थियो।

आगलागीमा परी गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ । विप्वल समूहले केही दिन अघि सरकारमाथि प्रतिबन्ध लगाइ सरकारी गाडी चल्न नदिने चेतावनी दिएको थियो ।

Maruti Cement