टी–ट्वेन्टी विश्वकप छनोटः कतारलाई कुबेतले हरायो, नेपाल चौथो स्थानमा

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा कुबेतले कतारलाई हराएको छ। शुक्रबार भएको खेलमा कुवेतले कतारमाथि १० रनको जित हात पारेको हो। १९८ रनको लक्ष्य पछ्याएको कतारलाई १८७ रनमा रोक्दै कुबेतले निकाल्यो।

सिंगापुरको इन्डियन एशोसिएट मैदानमा भएको खेलमा कतारले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङमा उत्रिएका कुबेतका ब्याट्म्यानले आक्रमक पारी खेल्दै २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनाए।

१९८ रनको विशाल लक्ष्य पछ्याएका कतारका ब्याट्समयानहरु पनि सुरुमा निकै आक्रामकरुपमा प्रस्तुत भएका थिए । २.२ ओभरमा ३८ रन बनउँदा पहिलो र २.५ ओभरमा ४४ रन बनाउँदा दोस्रो विकेट गुमेपछि कतारको रन बन्ने गति सुस्ताएको थियो। कतारका ब्याट्म्यानले अन्तिमसम्म जितमा पुग्ने प्रयत्न गरे पनि २० ओभरमा ५ किवेट गुमाएर १८७ रन मात्रै बनाउन सके।

अन्य सम्बन्धित समाचार:  च्याम्पियन्स लिग: एट्लान्टामाथि रियलको संघर्षपूर्ण जीत

नेपाल चौथो स्थानमा र्झयो
जितसँगै कुबेत अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। नेपाल चौथो स्थानमा झरेको छ। कुबेतको ३ खेलबाट ३ अंक छ। पहिलो खेलमा मलेसियासँग परजित भएको कुबेतले दोस्रो खेलमा वर्षाका कारण सिंगापुरसँग १–१ अंक बाँडेको थियो। नेपालको २ खेल खेल्दा एकमा हार एकमा जितकासाथ २ अंक छ।

नेपालले अब शनिबार कुबेतसँग र आइतबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल हाल चौथो स्थानमा रहे पनि बाँकी दुवै खेल जितेमा शीर्ष स्थनमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुने सम्भावना यथावत छ। शीर्ष स्थानको प्रतिस्पर्धाका लागि नेपालका लागि मलेसिया चुनौती छ। दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको मलेसिया समान अंक भएपनि रनरेटमा नेपालभन्दा माथि छ।

अन्य सम्बन्धित समाचार:  एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

मलेसियाले पनि बाँकी दुवै खेल जितेमा नेपाल शीर्षमा रहन रनरेटको परपर्नु पर्नेछ। मलेसिया र सिंगापुरबीच अहिले खेल भइरहेको छ । यस खेलमा मलेसियाले हारेमा नेपालको बाटो अझै सहज हुनेछ। त्यसपछि नेपालले बाँकी दुई खेलमा जित हासिल गर्दा सहजै शीर्ष स्थानमा रहन्छ। पहिलो खेलमा कतारसाग ४ विकेट परजित भएको नेपालले दोस्रो खेलमा मलेसियामाथि ७ विकेटको जित निकाले थियो ।