विमानस्थल भित्र हुने आपराधिक क्रियाकलाप रोक्न एप्स

काठमाण्डौ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र हुने सङ्गठित अपराध नियन्त्रण गर्न एप्स प्रयोग गर्ने भएको छ। त्रिभुवन विमानस्थलभित्र हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न गृह मन्त्रालयले नेपाल पोर्ड नामक एप्स ल्याउन लागेको हो।

विमानस्थलबाट विभिन्न समयमा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै मन्त्रालयले नियन्त्रणका लागि नेपाल पोर्ड नामक एप्स कार्यान्वयनमा ल्याउने योजना अघि सारेको हो। समग्र एयरपोर्टको संस्थागत सुधारका लागि एप्स महत्वपूर्ण हुने गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले बताए।

अन्य देशमा यो एप्स लागू भइसकेको जानकारी दिँदै नेपालको त्रिभुवन एयरपोर्टमा पनि केही दिनभित्र एप्स सञ्चालनमा आउने सचिव राईले बताए। विमानस्थलबाट बाहिरिने र भित्रिने यात्रुहरुको सम्पूर्ण विवरण एप्स मार्फत रजिस्टर हुने छ। जस मार्फत आपराधिक क्रियाकलापमा नियन्त्रण आउने छ।

अन्य सम्बन्धित समाचार:  नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश