विद्यालयको बसमा लागुऔषध, चालक पक्राउ

Prabhu Bank

काठमाण्डौ । कपिलवस्तुमा स्कूलको बसमा लागुऔषध फेला परेको छ।

Saftey Pads

मायादेवी गाउँपालिका ४ चाकरचौडास्थित पिपराबाट चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नं.को पिस ग्लोबल इङलिस बोर्डिङ स्कूल बसलाई बिशेष सूचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शुक्रबार लागुऔषध फेला पारेको हो ।

बसको टुलबक्सबाट १० पोका खैरो रंगको हिरोईन जस्तो देखिने लागु औषध र नेपाली रू.५००।–(पाँच सय) को घ ६१र६८१३६३ नं.को ८८ थान नक्कली नोट जस्तो देखिने नेपाली रुपैँया र बस चालक बरकुल देउकीनन्दन कसौधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निज कसौधन माथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  थप ९ प्रकारका स्यानिटाइजर गुणस्तरहीन: प्रयोग नगर्न आग्रह
Maruti Cement