दिगो विकासका लक्ष्य तय गर्न उपसमिति गठन

काठमाडौ । चालू आर्थिक वर्षमा हासिल गर्नुपर्ने दिगो विकासका लक्ष्य तय गर्न सात सदस्यीय उपसमिति गठन गरिएको छ।राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले उपसमिति गठन गरेको हो।

उपसमितिले दिगो विकासका लक्ष्य पूरा गर्ने सम्वन्धमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुसँग छलफल गरी कार्यक्रमहरु तय गर्नेछ।

समितिले दिगो विकासका लागि गत वर्ष पुरा नभएका कार्यक्रम पनि समावेश गर्दै आगामी कार्यक्रम तय गर्न उपसमितिलाई निर्देशन दिएको छ।

अन्य सम्बन्धित समाचार:  अब वेबसाइटबाटै माटो परीक्षण गर्न सकिने