झारफुक गर्ने बाहनामा किशोरीमाथि जबरजस्ती गर्ने झाँक्री पक्राउ

Prabhu Bank

काठमाण्डौ । ललितपुरमा झारफुक गर्ने बाहनामा १६ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने झाँक्री पक्राउ परेका छन्।

Saftey Pads

ललितपुर महानगरपालिका १५ वडाको सामपाङ चोकबाट जबरजस्ती गर्न खोजेको आरोपमा ४० वर्षीय झाँक्री सर्बु राई पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार टाउको र शरीर दुख्ने समस्या देखिएपछि ती किशोरी साउन ७ गते झाँक्रीकहाँ पुगेकी थिइन्।

झाँक्रीले कोठाभित्र लगेर पर्दा लगाएपछि आँखा बन्द गर्न लगाए। त्यसपछि रोग निको हुनका लागि लगाएको कपडा फुकाल्नु पर्ने दबाब दिए। उनी आफैले किशोरीले लगाएको टिसर्ट माथि सारेर जबरजस्ती गर्न खोजेपछि त्यहाँबाट भागे।’ किशोरीले भनिन्।

घटनाबारे किशोरीले आफ्ना अभिभावकलाई जानकारी दिएपछि उक्त घटना बाहिर आएको हो। झाँक्री राईले प्रहरीसमक्ष आफूले जबरजस्ती गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भदै थारूको बाघसँग बसेको माया

झापा बिर्तामोड स्थायी घर भएका ४० वर्षीय झाँक्री राईविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ। बुधबारदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Maruti Cement