काठमाडौं । जनकपुर विमानस्थलमा पनि सरकारले हवाई इन्धन (एटिएफ) डिपो सञ्चालनमा ल्याएको छ।
हवाई इन्धन रिफ्युलिङ सेवाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले शुक्रबार उद्घाटन गरेका हुन्।
मन्त्री यादवले प्रदेश २ मा रात्रिकालीन हवाई सेवामा समेत सहयोग पुग्ने गरी इन्धन रिफ्युलिङ सेवाको सुरुवात गरेका हुन्।
अहिले जनकपुर उडान गर्दै आएका वायुसेवा कम्पनीले काठमाडौंबाट इन्धन रिफ्युलिङ गर्दै आएका थिए। बुद्ध र यति एयरलाइन्सले जनकपुर विमानस्थलमा हवाई सेवा प्रदान गर्दै आएका छन्।