निर्मला हत्याकाण्डः गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि भएको हत्या घटनाको एक वर्ष पुगेको दिन तरुण दलले विज्ञप्ति जारी गरेर निर्मला हत्याकाण्डका बारेमा दिएको अभिव्यक्ति फिर्ता लिन माग गरेको हो।

तरुण दलल गृहमन्त्री थापालाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न र पदबाट राजीनामा दिन अनुरोध गरेको छ। निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा हुँदा पनि सरकारले दोषी पत्ता लगाएर पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै तरुण दलले सरकारको आलोचना गरेको छ।

सरकारले दोषी पत्ता लगाएर निर्मलाको परिवारलाई न्याय दिनुको सट्टा सरकार निर्दोषलाई फसाएर दोषीको संरक्षणमा उत्रिएको तरुण दलको आरोप छ। तरुण दलले सरकार बलात्कारी र अपराधीलाई जोगाइरहेको, नागरिकको सुरक्षा गर्न नसकेको र कानुनको धज्जी उडाइरहेको टिप्पणी गर्दै सरकारविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ।

अन्य सम्बन्धित समाचार:  फरार प्रतिवादी कारागार चलान