चन्द समूहको चन्दा आतंक

खोटाङ । चन्द समूहले खोटाङका अधिकांश स्थानीय तह तथा विद्यालयहरुमा चन्दा आतङ्क मच्याएका छन्। जनताको शासन व्यवस्था ल्याउन सबैले सहयोग गर्नु पर्ने भन्दै चन्दा दिन उर्दी जारी गरेका हुन्।

जिल्लाका विभिन्न पालिकाहरुबाटै चन्दा असुलेको खुलासा समेत भएको छ। केही पालिकाले एक लाख रुपैयाँसम्म चन्दा दिएको स्रोतले बताएको छ। त्यसको श्रेस्ता नदेखिने गरी मिलाएर दिइएको एक प्रमुख प्रशासकीय अधिकृतले बताए।

त्यस्तै विद्यालयहरुमा पनि चन्दा उर्दी गरेको प्रध्यानध्यापकहरुले बताएका छन्। उनका अनुसार हरेक चौमासिक बराबर एक दिनको तलव माग गरेका हुन् । खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले भने चन्दा आतङ्कबारे कुनै सूचना नआएको बताए ।

अन्य सम्बन्धित समाचार:  गुडिरहेको मालवाहक ट्रकमा आगलागी