घुस रकमको भौचरसहित इन्जिनियर पक्राउ

Prabhu Bank

काठमाण्डौ । घुस रकमको बैंक भौचरसहित शिक्षा समन्वय इकाइ काभ्रेपलाञ्चोकका इन्जिनियर दिपेन्द्र कुमार देव पक्राउ परेका छन्।

Saftey Pads

इन्जिनियर देवसहित शिक्षा समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनविर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो।

उनीहरुले महाभारत, काभ्रेका स्कूल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग रकम माग गरेका हुन्।

घुस रकमको भौचरसहित पक्राउ परेका इन्जिनियर तथा सव इन्जिनियरहरुलाई अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अन्य सम्बन्धित समाचार:  बझाङमा बलत्कारपछि बालिकाको हत्या
Maruti Cement