दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

Prabhu Bank

काठमाण्डौ । मोरङमा दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।

Saftey Pads

कानेपोखरी गाउँपालिका-५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका-४ का ४४ वर्षीय शम्भु गहत कानेपोखरी गाउँपालिका-७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ पक्राउ परेका हुन्।

उनीहरुको साथबाट भरुवा बन्दुक बरामद भएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा उनीहरुलाई फेला पारेको थियो । दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ ।

अन्य सम्बन्धित समाचार:  थप ९ प्रकारका स्यानिटाइजर गुणस्तरहीन: प्रयोग नगर्न आग्रह
Maruti Cement