फिलिपिन्समा लगातार दुई शक्तिशाली भूकम्प, कम्तिमा ८ जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प गएको छ। शनिबार बिहानै फिलिपिन्सको बातानेस प्रान्त केन्द्रविन्दु भएर ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो।

Saftey Pads

भूकम्पका कारण कम्तिमा ८ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण झण्डै ६० जना घाइते भएका छन्।

भूकम्प गएका बेला अधिकांश मानिस घरमै थिए। भूकम्प गए पनि सुनामीको चेतावनी भने दिइएको छैन।
बिहानै भूकम्प गएकाले र मानिसहरु सुतिरहेकाले केहीको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएका छन् । भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।

अन्य सम्बन्धित समाचार:  भारतमा एउटा भवन भत्किँदा ३५ भन्दा बढीको मृत्यु
Maruti Cement