बसले ठक्कर दिँदा कोटेश्वरमा पैदल यात्रीको मृत्यु

काठमाडौं । बसले ठक्कर दिँदा काठमाडौंको कोटेश्वरमा पैदलयात्रीको मृत्यु भएको छ।

शनिबार बिहान बा ४ ख ३२५८ नम्बरको बसले कोटेश्वरमा बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको क्रममा विहान ६ बजे मिनभवस्थित सिभिल अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन ।

अन्य सम्बन्धित समाचार:  पहाडी भेगको मौसममा आंशिकदेखि सामान्य बदली