कांग्रेस सहयोगी बन्न तयार छः नेता सिंह

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस सरकारको सहयोगी बन्न तयार रहेको बताएका छन्।

Saftey Pads

शनिबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले सरकारले रचनात्मक काम गरे सहयोगीको भूमिका खेल्ने बताएका हुन्। उनले आरोप प्रत्यारोपमा लाग्नुको साटो मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै एकजुट हुनुपर्ने उनले धारणा राखे ।

सरकारले राम्रो काम गरोस्, देशमा विकास गरोस् भनेर सहयोग गर्न चाहँदा पनि सबैको साथ सहयोग लिएर अघि बढ्नुको साटो प्रधानमन्त्रीले भाषणबाजी मात्र गर्ने र आफूभन्दा फरक विचार राख्नेहरुको मानमर्दन गर्ने गरेको गुनासो उनले गरे।

वर्तमान सरकारले समृद्धिको कुरा गर्ने नैतिकता गुमाइसकेको टिप्पणीसमेत उनले गरे । यो सरकार राम्रो काम गर्न त के, अरुले गरेको कामको जस लिनसमेत अयोग्य रहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

वर्तमान सरकार बनेपछि कुटनैतिक क्षेत्रसमेत विश्वस्त हुन नसकेको उनले टिप्पणी गरे । अन्तर्रा्ष्टिय जगतलाई विश्वासमा लिएर काम गर्न नसक्दा मुलुक असफल राष्ट्र बन्ने दिशातर्फ गएको उनले आरोप लगाए ।

Maruti Cement