दोलखामा पहिरो, २ घरसहित २६ चौपाया बगायो

Prabhu Bank

काठमाण्डौ । उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकामा आएको पहिरोले २ घर बगाएको छ। शुक्रबार राति साढे ११ बजेतिर खसेको पहिरोले सुसिनटारस्थित राजेन्द्र थामीका २ घर बगाएको हो। पहिरोले २६ चौपाया समेत बगाएको छ।

Saftey Pads

प्रहरीका अनुसार पहिरोले घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गहना र नगद समेत बगाएको दोलखाका प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए। घर अगाडी पार्किङ गरिएको लु३त २३०४ नम्बरको ट्रयाक्टर र होमबहादुर श्रेष्ठको बा१७प ६५०२ नम्बरको मोटरसाइकल समेत बगाएको प्रहरी निरीक्षक महतले जानकारी दिए।

पहिरोल ३वटा गाई, २३वटा बाख्रा र ५वटा कुखुरा सहित अन्य चौपाया पनि बगाइएको दोलखाका प्रहरी निरीक्षक महतले जानकारी दिए। पहिरोले करिब ३५ रोपनी जमिन पुरै बगाएको छ। मकै र कोदो गरी करिब ५० पाथी अन्न, खानेपानीका पाइप करिब २० मिटर, २ वटा माछा पोखरी पनि बगाएको छ।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा

पहिरोका कारण करिब ७२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। पहिरोले मानवीय क्षति नभएपनि आसपासको करिब २ किलोमिटर क्षेत्र अझै जोखिम रहेकोले बसोबासको सम्भावना नभएको सिंगटी इलाका प्रहरी कार्यालयले जनाएको छ।

Maruti Cement