‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नायक आर्यान र नायिका स्वस्तिमा खड्काद्वारा अभिनित चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ।

चलचित्र निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। २ मिनेट ३५ सेकन्डको उक्त ट्रेलरमा नायक आर्यन र नायिका स्वस्तिमालाई निकै रोमान्टिक ठाउँमा रोमान्स गुर्नको साथै आर्यन कसैको मायाको प्रतिक्षा गरिरहेको दृश्यहरु समावेश गरिएको छ।

यस चलचित्रमा आर्यन र स्वस्तिमासँगै नव कलाकार अखिलेष प्रधान शिवहरी पौडेल, प्रियंका कार्की, सलोन बस्नेत, विशाल चाम्लिङ, उत्तम प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायत कलाकार भूमिका रहेकोक छ।

प्रेमकथामा आधारित यस चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् भने विशाल चाम्लिङले निर्माण गरेका हुन्। पुरुषोत्तम प्रधानको छायांकन रहेको यस चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। चलचित्रको प्रदर्शन मिति भने साउन ३० गतेलाई तोकिएको छ।

भिडियाे हर्नुस्