खाल्डोमा डुवेर बालिकाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । सिरहामा एक बालिकाको डुबेर मृत्यु भएको छ।

Saftey Pads

सिरहा ९ ठेङ्गी घर भई गोलबजार नगरपालिका ६ लक्ष्मीचौकमा डेरागरी बस्ने श्रीप्रसाद यादवकी ७ वर्षीय आरतीको खाल्डोमा जमेको पानीमा डुवेर शनिबार ज्यान गएको हो।

गोलबजार नपा ६ कै डोहडीयामा रहेको मामाघर साथीहरुसँग जाने क्रममा खाल्डोमा जमेको पानीमा डुवेको इलाका प्रहरी कार्यालय गोलबजारका नविन कुमार घिमिरेले जानकारी दिए।

बालिकाको शव पोष्टमार्टमको लागि लहान पठाइएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  झापामा प्रदेश सांसदकै अगुवाइमा वन फँडानी: सांसद भन्छन्-म त भैंसी चराउन पो गएको!
Maruti Cement