बागमती पुल करिडोरमा वृक्षारोपण

Prabhu Bank

काठमाण्डौ । काठमाडौंको कुपण्डोलस्थित बागमती पुल करिडोरमा बृक्षारोपण गरिएको छ। बिभिन्न संघसंस्थाले रुख रोपौं, वातावरण जोगाऔं भन्ने नारासहित बाग्मति खोला परिसरमा अतिक्रमण र फोहर बढ्दै जाँदा यस्को संरक्षण गर्ने उदेश्यले बृक्षारोपण गरेको हो।

Saftey Pads

उनीहरुलाई बाग्मतिसहित राजधानीका अन्य स्थानमा रहेका खोलाहरुमा समेत क्रमश यो अभियानलाई निरन्तरता दिने बताएका छन्। पहिलो चरण अन्तर्गत शनिबार क्षेत्र नम्बर ५ ‘क’ को बैजनीपुलदेखि पहेँलो पुलसम्म वृक्षारोपन गरिएको हो।

खोलाको संरक्षणका साथै वातवरणलाई हराभरा बनाउन ३ सय ८० वटा विरुवा रोपिएको प्रदेश सांसद नारायण सिलवालले जानकारी दिए। नेकपा केन्द्रिय सदस्य समेत रहेका संसद सिलवाल, सिता दाहाल र उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्यको नेतृतवमा वृक्षारोपन गरिएको हो।

अन्य सम्बन्धित समाचार:  २१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा

उनले मानिसको जीवन्सँग जोडिएको भएकाले प्रत्येक नागरिकले विरुवा रोप्ने बानीको विकास गर्नुपर्नेमा उनको जोड थियो। महासंघका पूर्व अध्यक्ष बैद्यले काठमाडौंलाई सफा र हराभरा बनाउन विरुवा रोप्ने अभियानमा लाग्न सबैलाई आग्रह गरे । सो क्षेत्रमा रोपिएको विरुवाको संरक्षण गर्ने समेत उनले प्रतिबद्धता जनाए।

वृक्षारोपन कार्यक्रममा वडा नम्बर चारका जनप्रतिनिधिहरु, स्थानीय, वुद्धिजीवि, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि समेत सहभागी भएको सांसद सिलवालका स्वकिय सचिव लक्ष्मण शर्माले जानकारी दिए ।

Maruti Cement