नेपाल चिकित्सक संघमा चुनावी चहलपहल सुरु

Prabhu Bank

काठमाडौं । चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघमा चुनावी चहलपहल सुरु भएको छ। नयाँ कार्यकालका लागि संघको निर्वाचन आगामी माघमा गर्ने तयारी भइरहेको हो।

Saftey Pads

निर्वाचनका लागि संघले प्रमुख निर्वाचन अधिकृत तोकेको छ। संघको काउन्सिलको शनिबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सहसचिव डा बाबुराम मरासिनीलाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो।

निर्वाचनको मिती पनि प्रमुख निर्वाचन अधिकृतले पछि सार्वजनिक गर्ने बताइएको छ।निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतले अरु दुई जना सदस्य सिफारिस गर्ने छन्। डा मारिसिनीले सिफारिस गरेका अधिकृतको नामलाई संघको कार्यकारिणीले स्विृकत गर्नुपर्ने हुन्छ।

निर्वाचनपछि फागुनको १५ देखि १७ गते पोखरामा एनएमए सम्मेलन हुँदैछ। यस्तो सम्मेलन हरेक तीन वर्षमा हुने गर्दछ।

अन्य सम्बन्धित समाचार:  नेपाल र ओमानबीच छिट्टै श्रम सम्झौता हुने
Maruti Cement