विप्लवद्वारा चरणवद्ध आन्दोलन तथा सङ्घर्षका कार्यक्रम घोषणा

Prabhu Bank

काठमाडौं। प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चरणवद्ध आन्दोलन तथा सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ।

Saftey Pads

शनिबार विज्ञप्ति जारी गर्दै पार्टीले चरणवद्ध आन्दोलन तथा सङ्घर्ष कार्यक्रमको घोषणा गरेको हो।

पार्टीको उपत्यका ब्युरो इन्चार्ज माइला लामा ‘प्रज्वल’ लाई सरकारले पक्राउ गरेकोले चरणवद्ध आन्दोलन तथा सङ्घर्षका कार्यक्रम आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ।

‘देश राजनीतिक सङ्कटतिर झनझन् फस्दै गएको छ। हाम्रो पार्टीको प्रतिबन्धले ओली सरकार राष्ट्रिय अन्तराष्ट्रिय रूपले नाङ्गिएको र सङ्कटमा परेको छ। त्यही सङ्कटमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको छ। सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही भएको छैन।’ पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अन्य सम्बन्धित समाचार:  बसकाे ठक्करले स्कुटीमा सवार एकै परिवारका तीन जनाको मृत्यु

सङ्घर्षका कार्यक्रम अन्तर्गत ११ गते प्रचार प्रसार गरेको पार्टीले १२ गते कोणसभा गर्ने भएको छ। १३ गते जनप्रतिरोध तथा जनकारवाही त्यस्तै १४ गते मसाल जुलुस निकाल्ने विज्ञप्तिमा कार्यतालिका छ।

त्यसैगरी १५ गते बागमती, नारायणी र जनकपुरमा बन्दको घोषणा गरिएको छ। पार्टीले इन्चार्ज लामाको यथाशक्य छिटो रिहाईको मागसमेत गरेको छ।

Maruti Cement