नेकपाको सचिवालय बैठक आज, स्कूल विभागको नेतृत्व घोषणा गर्ने

Prabhu Bank

काठमाडौं । सत्तारुढ दल नेकपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले ३२ विभाग, २२ जनवर्गीय संगठन र एउटा प्रतिष्ठानको जिम्मेवारी टुंगो लगाउने भएको हो।

Saftey Pads

पार्टी एकता भएको एक वर्ष बढी वितेपनि पूरा हुन नसकेको एकताका प्रक्रियाको बारेमा आजको बैठकमा छलफल हुने बताइएको छ । नेकपाका एक नेताले दिएको जानकारी अनुसार अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चको नेतृत्वमा सहमति जुटेको छ।

अनुशासन आयोगमा अमृत बोहोरा र लेखा परीक्षण आयोगमा डा. पुष्प कँडेल, निर्वाचन आयोगको अध्यक्षमा अमिक शेरचन, सल्लाहकार परिषदको अध्यक्षमा केशव बडाल र जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई प्रस्ताव गरिएको छ । नेतृत्वको आजै घोषणा आजै हुन सक्ने ति नेताले बताए।

अन्य सम्बन्धित समाचार:  वामदेवका कारण मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ

त्यस्तै निकै विवादित रहेको स्कूल विभागबारेमा पनि आज बैठकमा छलफल हुने बताइएको छ। पूर्वएमालेबाट रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य इश्वर पोखरेल र पूर्वमाओवादीबाट पार्टी प्रवक्तासमेत सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, पूर्वएमालेबाटै स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि स्कूल विभागमा दावी गरेका छन्। विभागमा विवाद धेरै भएका कारण अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पोखरेल, श्रेष्ठ र भुसालको विकल्प खोज्न सक्ने बताइएको छ ।

Maruti Cement