डोटीकोे वडा कार्यालयमा आगजनी

काठमाण्डौ । डोटीको एक वडा कार्यालयको भवनमा अज्ञात समूहले आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीका अनुसार अज्ञात समूहले शनिबार राति करिब १ बजे शिखर नगरपालिका–७ बैरकोटमा रहेको वडा कार्यालयमा आगजनी गरेको हो।

आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, कागजात तथा अन्य सरसामान नष्ट भएको छ। आगजनी किन, कस्ले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक माझीले बताए।

आगजनीबाट उक्त वडा कार्यालयका वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले जानकारी दिए। विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने डोटी प्रहरीको अनुमान रहेको छ।

जिल्लामा उक्त वडा कार्यालयसहित अज्ञात समूहले बडीकेदार, जोरायल गरी तीन स्थानीय तहका वडा कार्यालयमा आगजनी गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  लाइसेन्स छपाइको काम रोकियो