सिंगापुरसँग नेपालको लज्जास्पद हार, टी–२० विश्वकप खेल्ने सपना चकनाचुर

Prabhu Bank

काठमाडौं । नेपालले सिंगापुरसँग नमिठो हार ब्यहोरेको छ। सिङ्गापुरमा भएको आइसीसी विश्वकप टी–२० एसिया छनोट अन्तर्गत आइतवारको अन्तिम खेलमा आयोजनले नेपाललाई ८३ रनले पराजित गरेको छ।

Saftey Pads

टस जितेर सिङ्गापुरले पहिलो ब्याटिङ गर्दै छ विकेटको क्षतिमा १९१ रनको चुनौतीपुर्ण स्कोर बनायो। नेपालले १५ ओभरमा १०८ रन मात्रै बनाउन सक्यो। जितसँगै सिङ्गापुर दुई महिनापछि संयुक्त अरब इमिरेट्स यूएईमा आयोजना हुने टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ।

नेपालले आक्रामक शुरूवात गरेपनि ब्याटिङ स्तरीय हुन नसक्दा पराजय भोगेको हो। कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो दुई ओभरमा २४ रन जोडेका थिए। तर ठूलो रनको दबावले नेपाली ब्याट्सम्यानहरूलाई टिक्न दिएन।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेको टोली दिल्ली लगातार विजयी

नेपालका लागि अविनाश बोहोराले चार तथा करण केसीले दुई विकेट लिए। अनुभवी खेलाडी वसन्त रेग्मीले चार ओभरमा ५४ रन दिए जुन नेपालको तर्फबाट हालसम्मकै सबैभन्दा खराव बलिङ हो। सन्दीप लामिछानेले तीन ओभरमा ३४ रन दिए। यी दुवै स्पीनर विकेटविहिन भए।

विश्व वरीयतामा एघारौँ स्थानमा रहेको नेपालले १६ राष्ट्र खेल्ने सन् २०२० मा अस्ट्रेलियामा हुने टी– २० विश्वकप खेल्ने मौका गुमाएको छ।

Maruti Cement