कास्की । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की सेक्रेटरी सुजन विश्वकर्मा पक्राउ परेका छन्। आफू लडाकु कमाण्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा विश्वकमा लाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेकोे हो।
यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विश्वकर्मालाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बुझिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
विश्वकर्माका साथबाट केही थान मोबाइल सेटसमेत फेला परेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।