राहतको माग गर्दै रौतहटका बाढीपीडितले गरे नगरपालिका घेराउ

Prabhu Bank

काठमाण्डौ । राहतको माग गर्दै रौतहटका बाढीपीडितहरुले नगरपालिकाको कार्यालय घेराउ गरेका छन्।

Saftey Pads

असारको अन्तिम सातामा आएको बाढीले घर भत्किएको र घरभित्र भएका अन्नपात सबै नष्ट हुँदा पनि जनप्रतिनिधिले आफूहरुको पीडा नबुझेको भन्दै स्थानीयले राजदेवि नगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

सयौंको संख्यामा आएका पीडितहरुले चर्को नाराबाजी गर्दै नगरपालिका कार्यालय घेराउ गरेका थिए। जिल्ला प्रशासन कार्यालय रौतहटबाट आएको राहत पनि अहिलेसम्म बितरण नगर्दा बाढीपीडितहरु थप आक्रोशित बनेका छन् ।

जिल्ला प्रसासनले नगरप्रमुखकोे नेतृत्वमा गएका जनप्रतिनिधिको टोलिलाई ५ सय पोका राहत दिएको भन्ने सुनेको भएपनि त्यो राहत कहा गयो भन्ने कुरा कसैलाई थाहा नभएको उनीहरुको आरोप छ।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुर: जंगली बँदेलको मासु सहित २ जना पक्राउ
Maruti Cement