समाजवादी पार्टीले टुंग्यायो प्रदेश ५ मा एकता

रुपन्देही । समाजवादी पार्टीले प्रदेश ५ मा एकीकरण प्रक्रिया टुंगो लगाएको छ। शनिवार बसेको पदाधिकारी बैठकले एकीकरण प्रक्रिया टुंगोमा पु¥र्याएको हो।

प्रचार विभाग प्रमुख प्रशान्त सिंहले प्रदेशको समायोजन कार्य सँगसँगै संगठनलाई चुस्त बनाउन नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने कार्य भइरहेको बताए।

समाजवादीका २५ पदाधिकारीमध्ये तत्कालीन नयाँ शक्तिका तर्फबाट भक्तबहादुर शाहलाई सचिवमा मनोनयन गरिएको छ। बैठकले पार्टीको प्रशिक्षण विभाग प्रमुखमा हेमराज राई र उपप्रमुखमा पीताम्बर खतिवडालाई मनोनयन गरेको छ।

त्यस्तै प्रचार विभाग प्रमुखमा सिंह, कार्यालय व्यवस्थापनमा प्रकाश अधिकारी र आर्थिक विभागमा विजय यादवलाई मनोनयन गरिएको जनाएको छ ।

तपाईंको प्रतिक्रिया/टिप्पणी