नेकपाको सचिवालय बैठक फेरी स्थगित

Prabhu Bank

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबारको लागी तय गरिएको सचिवालय बैठक स्थगित भएको छ।

Saftey Pads

आज दिउसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो।

पार्टी एकता निष्कर्षतिर पुगे पनि नेकपाले स्कुल विभाग प्रमुख टुंग्याउन सकेको छैन। बहुआकांक्षी र दाबीमाथि दाबी पर्दै गएपछि केही दिनदेखि सचिवालय तहका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन्।

तथापि सचिवालय बैठक अघिल्लो हप्तादेखि नै लगातार सरिरहेको छ । स्कुल विभागमा सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी छ।

दुई नेताबीच रस्साकस्सी चलिरहँदा स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र बेदुराम भुसालले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  विश्वभर कोरोनाबाट मर्नेको संख्या १० लाख नाघ्यो

बहुआकांक्षी देखा परेपछि पूर्वएमालेले आफ्नो भागमा परेको विभाग साटफेर गरेर भए पनि साम्य बनाउने विकल्पमा छलफल चलाइरहेको छ । नेकपाको बैठक सोमबार (भोलि) दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

Maruti Cement