पर्सामा १२ वर्षीय नाबालकको शव झुण्डिएको अवस्थामा फेला

Prabhu Bank

पर्सा । पर्सामा एक १२ वर्षीय नाबालकको शव झुण्डिएको अवस्थामा भेटिएको छ। ठोरी गाउँपालिका ३ बुद्धनगर बस्ने छत्र बहादुर खड्काको छोरा राज खड्काको शव झुण्डिएको अवस्थामा फेला परेको हो।

Saftey Pads

नाबालक खडकाले आफ्नै घरको माथिल्लो कोठाको बलोधुरीमा सलको पासो लगाइ झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले घटनास्थल लास जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल ल्याइएको छ।

यस्तै घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बझाङमा बलत्कारपछि बालिकाको हत्या
Maruti Cement