नाइजेरियामा २३ जनाको गोली हानी हत्या

काठमाण्डौ । नाइजेरियाको आतंकवादी संगठन बोको हरामका बन्दुकधारीहरुले बोर्नो राज्यमा २३ जनाको हत्या गरेका छन्। अन्तिम संस्कार सकेर फर्किरहेका २३ जनाको हत्या गरिएको स्थानीय नागरिक सेना (मिलिशिया) ले बताएका छन्।

मुस्तफाले घटनास्थलबाट २३ जनाको शव प्राप्त भएको जानकारी दिएका छन् । नागनजाई जिल्लाका एक अधिकारीले पनि घटनामा र २३ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

बोको हरामका बन्दुकधारी समूहले पटक– पटक नागनजाई जिल्लामा आक्रमण गर्दै आइरहेका छन्। गएको सेप्टेम्बर महिनामा पनि स्थानीयले आफ्ना घरपालुवा जनावर दिन नमानेका कारण आठ जनाको हत्या गरेका थिए।

बोको हराम र उसको इस्लामिक स्टेट अफ् इराक र लेवन्त समर्थित आईएसडब्ल्यूएपी स्प्लिन्टरले बितेका केही महिनामा नागरिक र सैन्य शिविरमा आक्रमण बढाएको छ।

अन्य सम्बन्धित समाचार:  डुंगा पल्टिँदा ८ जनाकोे मृत्यु