राजपा नेपालको महाधिवेशन कात्तिकमा हुने

Prabhu Bank

काठमाडौं । राष्ट्रिय जनशक्ति पार्टी(राजपा) नेपालको महाधिवेशन आगामी कात्तिक २८ गते देखि हुने भएको छ।

Saftey Pads

आज राजधानीमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष मण्डल संयोजक राजकिशोर यादवले महाधिवेशनलाई सफल वनाउन जोडतोडका साथ तयारी भईरहेको जानकारी गराएका हुन्।

यादवले सरकारको कार्यशैली सन्तोषजनक नभएको वताउदै सुशासन र लोकतन्त्रका लागि लड्न नेपाली काँग्रेससंग कार्यगत एकताका साथै अन्य साना पार्टीहरुलाई पनि साथमा लिएर संसद अवरुद्ध गर्ने तयारी पार्टीले गरेको बताए।

जनतामा विश्वास दिलाएर विधिको साशन गर्ने तर्फ सरकार गम्भिर नभए देशव्यपी रुपमा आन्दोलनमा होमिने रणनीति पार्टीले लिएको यादवले बताए।

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम
Maruti Cement