६ वर्षकी बालिकाको कमाइ ५५ करोड: बावुआमालाई किनिदिइन् ५ भवन

काठमाडौं । दक्षिण कोरियाकी एक ६ वर्षीया बालिकाले एक वर्षमा ५५ करोड कमाएर सबैलाई चकित पारेकी छन्। बोरम नाम गरेकी ती बालिकाले दुईवटा युट्युब च्यानल चलाउँछिन्। युट्युब च्यानलबाट उनले ५५ करोड भन्दा बढी कमाएर युट्युब स्टार बनेकी छन्।

उनी ’टोय रिभ्यु’ र ’भिडियो ब्लग’ नामका दुईवटा ब्लग चलाउँदै आएकी छन्। टोय रिभ्यु च्यानलको १३.६ मिलियन र भिडियो ब्लगको १७.६ मिलियन सस्क्राइबर छन्। सीएनएनको रिपोर्टअनुसार बोरम आफ्नो युट्युब च्यानलबाट एक वर्षमा ५५ करोडभन्दा रुपैयाँ कमाउने गर्छिन्।उनले हालसालै दक्षिणी कोरियाको राजधानी सियोलमा ५५ करोड रुपैयाँमा ५ वटा भवन खरिद गरेकी छन्।

सियोलको मुख्य सहरको बजार क्षेत्रमा २५८.घ वर्गमिटर क्षेत्रमा ५ वटा भवन खरिद गरेकी हुन्।द कोरिया हेराल्डका अनुसार बोरमले आफ्ना अभिभावकका लागि उक्त भवना खरिद गरेकी हुन्। बोरमको युट्युब च्यानल भने उनको परिवारले चलाउँदै आएको छ।

अन्य सम्बन्धित समाचार:  सिरियामा अमेरिकाको हवाई आक्रमण, कम्तिमा १७ को मृत्यु

बोरमले बनाएको एउटा भिडियो ३७६ मिलियन मानिसले हेरेका छन्। उक्त भिडियोमा बोरम प्लाष्टिकको प्रयोग गरी नुडल्स बनाउँदै गरेकी देखिन्छिन्। तर बोरमको युट्युब च्यानल भने पटक पटक विवादमा आउने गरेको छ।खासमा च्यानलमा अपलोड गरिएका विषयवस्तुबारे उनी विवादमा आउने गरेकी हुन्।

२०१७ मा गैर सरकारी संगठन सेभ द चिल्ड्रेनमा दक्षिण कोरियाका नागरिकले उनको भिडियो क्लिपबारे उजुरी दिएका थिए। भिडियोले युवा पुस्तालाई नराम्रो प्रभाव पारेको भन्दै उनीहरुले आपत्ति जनाएका थिए।त्यसपछि सियोल प्यामिली कोर्टले बोरमलाई काउन्सिलिङ गरेकोबारे आतजकमा समाचार छ।

बोरमका एक युजरले लेखेका छन् (’म पूरै जिन्दगरीभर त्यति रकम कमाउन सक्दैन जति बोरमले एकै वर्षमा कमाइएकी छिन्।’ अर्को भिडियोमा उनी आफूले बाबाको पर्सबाट रकम चोरी गर्दै गरेको बारे बताइरहकी देखिन्छिन्।अर्को क्लिपमा उनी कार सिक्ने प्रयासमा हुन्छिन्।

अन्य सम्बन्धित समाचार:  साउदीका युवराजको आदेशमा पत्रकार खशोग्गीकाे हत्या

फोर्ब्सका अनुसार गत वर्ष अमेरिकाका एक ७ वर्षीया बालक रियान काजीले युट्युबाटै १५२ करोड रुपैयाँ कमाएको थियो।उक्तर रकम अहिलेसम्मकै सर्वा्धिक कमाइ मानिन्छ। रियानको टोयज च्यानलको २.०८ करोड सस्काइबर छन्।