कक्षा १२ को नतिजा आज प्रकाशन हुने

Prabhu Bank

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डले सबै विषयको नतिजा आज साझ सम्म प्रकाशन गर्ने तयारी गरेको हो।

Saftey Pads

विगतमा विज्ञान विषयको नतिजा शुरुमा प्रकाशन गर्ने गरिए पनि यसपटक एकैपटक नतिजा प्रकाशनको तयारी गरिएको छ।

प्राविधिकसहितको उपस्थितिमा तयारी पूरा भइसकेको र रुजु गर्ने कामसमेत सकिएकाले नतिजा प्रकाशनका लागि सोमबार साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ।

बोर्ड बैठकमार्फत निर्णय गराएर परीक्षाफल प्रकाशित गर्ने प्रचलन छ। यसपालिको परीक्षामा ४ लाख २८ हजार विद्यार्थी सहभागी भएका छन्।

अन्य सम्बन्धित समाचार:  यमनमा सरकार र विद्रोहीबीच कैदी मुक्त गर्ने सहमति
Maruti Cement