काठमाडौं । प्रतिपक्षी दल राजपाले सोमबारको संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ।
सर्लाहीको सडक प्रदर्शनको क्रममा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै राजपाले संसद अवरुद्ध पार्ने चेतावनी दिएको हो।
प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ ।
विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण सिंह मारिएको घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले यसअघि पनि संयुक्त रुपमा संसदमा अवरोध गरेका थिए ।