आफ्नै कार्यकर्ताबाट कुटिए पोखरा महानगरका वडाध्यक्ष

पोखरा । पोखरा महानगरपालिका–२१ का वडाअध्यक्ष खगराज आचार्य आफ्नै कार्यकर्ताबाट कुटिएका छन्।

आइतबार साँझ सोही वडाका बासिन्दा दाताराम आचार्यले वडाअध्यक्षमाथि कुटपिट गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले आन्तरिक विवादका कारण घटना भएको बताए।

कुटपिटमा संलग्न आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  बाघको आक्रमणमा परी एक जना बेपत्ता