छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यु

Prabhu Bank

कैलाली । कैलालीमा छोराले आफ्नै बाबुको हत्या गरेका छन्। गोदावरी नगरपालिका ५ र्बबाटाका ३० वर्षीय राम सिंह कुमालले ६० वर्षीय बाबु अम्बरलाई चिर्पटले हानेर हत्या गरेका हुन्।

Saftey Pads

आइतबार राति घरायसी विवादका क्रममा छोरोले चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्या गरी फरार रहेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

चिर्पट प्रहारबाट गम्भीर घाइते अम्मरको उपचारका क्रममा मृत्यु सेती अञ्चल अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  पाल्पा: पहिराेमा पुरिएका तीन जनाको शव फेला
Maruti Cement