काठमाण्डौ । अमेरिकाको क्यालिफोर्नियामा फुड फेस्टिभलमा एक बन्दुकधारीले गोली प्रहार गर्दा तीन जनाको ज्यान गएको छ।
गिलरोय गार्लिक फेस्टिभलमा भएको सो गोलीकाण्डमा थप दस जना घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। तीस वर्ष जतिका गोरो व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
सामाजिक सञ्जालहरुमा पोस्ट गरिएको भिडियोहरुमा मानिसहरु भागाभाग गरेको देखिन्छ । घटनास्थल सान जोसबाट तीस किलोमिटर दक्षिणमा रहेको बताइएको छ।
प्रहरीले बन्दुधकारी अझै सक्रिय रहेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै मानिसले सुरक्षित र सचेत रहन आग्रह गरेका छन्। एजेन्सी