नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदै

Prabhu Bank

काठमाण्डौ । सिंगापुरमा भएको टी–२० विश्वकप एशिया छनोट खेलेर नेपाली टिम सोमबार राति स्वदेश फिर्ता हुने भएको छ।

Saftey Pads

सिंगापुरसँग आइतबार भएको खेलमा ८२ रनले पराजित भएसँगै ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली टिम राति साढे १० बजे काठमाडौं आइपुग्ने भएको हो।

पहिलो खेलमा कतारसँग पराजित भएको नेपाल अन्तिम खेलमा सिंगापुरसँग पराजित भएसँगै अर्को वर्ष हुने विश्वकप क्रिकेटका लागि ग्लोबल छनोट खेल्ने सपना सकिएको छ।

नेपाली टिमका तीन जना सदस्य भने नेपाल आउने छैनन्। सोमपाल कामी र सन्दीप लामिछाने उतैबाट क्यानडामा सुरु ग्लोबल टी(ट्वान्टी खेल्न पुगेका छन्।

यसैगरी प्रशिक्षक उमेश पट्वाल पनि नेपाली टिमसँगै नआउने बताइएको छ। पटवाल उतैबाट लण्डन लागेका छन्। पटवालले लण्डनमा आफू छोरी भेट्न जान लागेको र विदा मनाएर नेपाल फर्कने जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेको टोली दिल्ली लगातार विजयी
Maruti Cement