काठमाडौं । मोरङमा १३ लाख ५० हजार नगद चोरेर फरार भएका एक जना पक्राउ परेका छन्।
साउन ७ गते विराटनगर १ का मोतीराज दाहालको घरबाट नगद चोरी फरार भएका कटहरी गाउँपालिका १ का २० वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका कामतबाट चोरी गरेको मध्ये ३ लाख ८१ हजार नगद र एक लाख ५ हजार पर्ने सामसुङको मोवाइलसमेत जिल्ला प्रहरी कार्यालय मोरङल बरामद गरको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको मोवाइलसमेत कामतले चोरी गरेको रकमबाटै खरिद गरेको खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।