केन्द्रीय अधिवेशन जेठमा गर्ने राप्रपाको निर्णय

Prabhu Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अधिवेशन आगामी जेठमा हुने भएको छ। सोमबार बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीको केन्द्रीय अधिवेशन आगामी वर्ष जेठमा गर्ने निर्णय गरेको हो।

Saftey Pads

यसका लागि आगामी बैसाखसम्म भातृ संगठनहरुको अधिवेशन सम्पन्न गरिने समेत बैठकमा निर्णय भएको पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिए।

बैठकले समान विचारधारा भएका दलहरु बीच एकता गर्ने राप्रपा (संयुक्त)को निर्णयलाई स्वागत गर्दै देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महसुस गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई आह्वानसमेत गरेको छ।

बैठकमा सरकारसँगको वार्ताको विषयमा समेत छलफल भएको जनाइएको छ। पार्टीले सरकारसमक्ष बुझाएको २२ बुँदे मागको सम्बोधनका लागि थालिएको वार्तालाई निष्कर्षमा र्पुयाउन छिट्टै दोस्रो चरणको वार्तासमेत थाल्ने बताएको छ। उसले आफ्ना मागबारे सरकारले सकारात्मक सम्बोधन नगरेमा दोस्रो चरणको जनसंघर्ष गर्ने चेतावनी समेत दिएको छ।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
Maruti Cement