जनकपुरमा बस र टेम्पु ठोक्कियो, चार जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । धनुषाको क्षिरेश्वरमा बस र टेम्पु ठोक्किँदा चार जनाको मृत्यु भएको छ।

Saftey Pads

आइतबार साँझ क्षिरेश्वर नगरपालिका–४ पलाइ फ्याक्ट्रीस्थित सडकमा ना१ज ७०२२ नम्बरको गाडी र ज१ह ४८९६ नम्बरको टेम्पु एक आपसमा ठोक्किँदा क्षिरेश्वर नगरपालिका–४ बस्ने ७२ वर्षीय रामदेव साह, सिराहा बस्ने ४० वर्षीया रेखा यादव, टेम्पु चालक क्षिरेश्वर नगरपालिका–४ कुमरौल बस्ने २४ वर्षीय रोशन साह र सोही नगरपालिका हंसपुर मल्हनिया बस्ने २२ वर्षीय सञ्जय साहको मृत्यु भएको हो।

उनीहरुमध्ये रामदेव र रेखाको घटनास्थालमै तथा गम्भीर घाइते भएका रोशनको मेडिकल कलेज रमदैया र सञ्जय साहको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गाडीका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  कपिलवस्तु: खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी
Maruti Cement