संसद बैठकमा कांग्रेस र राजपाको नाराबाजी

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन्।

सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेर नाराबाजी गरेका हुन्।

सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।

विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद बैठकः फागुन २३ गते संसद बोलाउन सिफारिस गर्ने निर्णय