कांग्रेस र राजपाको नाराबाजीपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपाको अवरोधका कारण संसद बैठक स्थगित भएको छ।

सांसदहरुले ४० मिनेटभन्दा बढी नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले साउन १५ गते सम्मलाई बैठक स्थगित गरेका हुन्।

उनले पटक पटक सांसदहरुलाई आसन ग्रहण गरी संसद सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए । तर, सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक स्थगन गरिएको हो।

अन्य सम्बन्धित समाचार:  नेकपा प्रयोग गर्ने कुनै अधिकार छैन, केपी ओली फाउन्डेसन खोल्नुस्ः माधव नेपाल