काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई राजीनामाको माग गर्दै कालो झन्डा देखाइएको छ।
सोमबार दिउँसो मालपोत कार्यालय साँखुमा निरीक्षणका लागि पुगेकी मन्त्री अर्याललाई केही युवाहरूले कालो झण्डा देखाएका हुन्।
मालपोत कार्यालय निरीक्षणपछि मन्त्री अर्याल नापी कार्यालय पनि पुगेकी थिईन् । त्यसपछि फर्कने क्रममा उनलाई युवाहरूले कालो झण्डा देखाएका हुन्।