काठमाडौं । जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।
जिल्लाको लुङ्ग्री गाउँपालिका–६ की २५ वर्षीय फुर्मली बुढाथोकी, ४ वर्षीय छोरी सुनिता बुढाथोकी र ३ वर्षीय छोरा पुष्कर बुढाथोकीको मृत्यु भएको हो।
घरमा साउन ८ गते जंगली च्याउ खाँदा उनीसहित छोराछोरी बिरामी भएका थिए। उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।