निर्मलाका हत्यारा दीलिप विष्ट नै हुन्ः सांसद खड्का

काठमाडौं । सांसद चन्द्रबहादुर खड्काले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दीलिप विष्ट नै भएको दाबी गरेका छन्।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा खड्काले डीएनए बाहेक अरु सबै कुराले दीलिप नै हत्यारा भएको बताएका हुन्।

समितिमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि उपस्थित थिए।

उनले गृहमन्त्री थापालाई प्रश्न गर्दै भने, ‘‘डीएनए बाहेक अरु सबै कुराले दीलिप नै हत्यारा भएको पुष्टि हुन्छ । यो घटनामा दीलिपको साबिती बयानलाई किन आधार बनाइएन ? कतै हाइ प्रोफाइल खोज्ने नाममा निरअपराधी त फस्दैन ?’’

धेरैजसो घटनामा साबिति बयानलाई नै आधार बनाएर अभियुक्तलाई सजाय दिइएको बताउँदै उनले दीलिपलाई नै निर्मला हत्याकाण्डको मुख्य अभियुक्त बनाउनुपर्ने संकेत गरे।

अन्य सम्बन्धित समाचार:  सर्वोच्च अदालतको फैसला सामान्यः प्रधानमन्त्री ओली