माइतीघर, चावहिल र जय बागेश्वरीमा आकाशेपुल बन्ने

काठमाण्डौ । चाबहिल, माइतीघर र जय बागेश्वरीमा आकाशे पुल निर्माण गरिने भएको छ। काठमाण्डौ महानगरपालिकाले सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्न लागेको हो।

यी स्थानमा आकाशे पुल निर्माणका लागि डिजाइन सकिएकाले छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि बढाइने काठमाण्डौ, महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।

विभिन्न स्थानमा आकाशे पुलको माग भइरहेकामा बढी आवश्यक स्थानलाई छनोट गरिएको उनले बताए। टेकु, त्रिपुरेश्वरलगायतका स्थानमा पनि आकाशेपुल निर्माणको माग भएको छ।

अन्य सम्बन्धित समाचार:  पक्राउ गरिएका नेताकार्यकर्ता रिहा गर्न गृहको निर्देशन