मालपोतका सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ

Prabhu Bank

काठमाण्डौ ।  मालपोत कार्यालय सिरहाका नायव सुव्बा लेखापढी व्यवसायी पक्राउ परेका छन्।

Saftey Pads

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार ५० वर्षीय नायव सुव्बा मिथिलेस ठाकुर र सिरहाको बरियारपट्टी गाउँपालिका – ३ घर भएका ४२ वर्षीय लेखापढी व्यवसायी गुरुशरण चौधरीलाई घुससहित पक्राउ गरेको हो।

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले सेवाग्रहीसँग ५ हजार लिइरहेको अवस्थामा नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका नायब सुब्बा र लेखनदासलाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय लैजाने तयारी गरिरहेको वताइएको छ ।

यता, नायब सुब्बा पक्राउ परेसंगै कार्यालय प्रमुख रामबाबु मण्डल लगायतका कर्मचारीहरु भगाभाग भएका छन् । केही दिन अगाडी सिरहाको गोलबजार नगरपालिकाबाट अख्तियारको टोलिले ओभरसियरलाई घुस रकम सहित रंगेहात पक्राउ गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै पर्वतका विद्यालय
Maruti Cement