नेकपाको सचिवालय बैठक जारी

Prabhu Bank

काठमाडौँ । पार्टीका केन्द्रीय विभागहरूको नेतृत्वमा सहमति जुटाउन सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी छ।

Saftey Pads

स्कुल विभागमा भागबन्डा नमिल्दा पटकपटक स्थगित भएको सचिवालय बैठक अहिले बसिरहेको हो। बैठकबाट केन्द्रमा रहने ३२ विभाग, २२ जनवर्गीय संगठन र एउटा प्रतिष्ठानको जिम्मेवारी सचिवालय बैठकले टुंगो लगाउने तयारी छ।

तर, स्कुल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दाबी गर्दै आएका छन्। त्यस्तै, स्थायी समितिबाट घनश्याम भुसाल र वेदुराम भुसालले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।

३२ विभाग र एउटा प्रतिष्ठानमध्ये स्कुलिङ विभागबाहेक १८ विभागको नेतृत्व तत्कालीन एमाले र १४ विभागको नेतृत्व तत्कालीन माओवादी तर्फका नेताले जिम्मेवारी लिने गरी भागबन्डा भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तर कोरियाद्वारा क्षमायाचना
Maruti Cement