भारतमा ‘जय श्री राम’ नभन्दा ज्युँदै जलाइए मुश्लिम किशोर

Prabhu Bank

काठमाण्डौ । भारतको उत्तर प्रदेशमा एक मुश्लिम किशोरलाई ज्युँदै जलाइएको छ। ‘जय श्री राम’ को नारा नलगाउँदा चान्डौली जिल्लामा चार व्यक्तिले ती किशोरमाथि आगो लगाएको भारतीय संचारमाध्यमले जनाएका छन्।

Saftey Pads

उनको शरीरको ४५ प्रतिशत भाग जलेको छ। किशोरका अनुसार सुरुमा उनलाई जय श्री राम भन्न लगाइएको, नमानेपछि कुटपिट गरि आगो लगाइयो। चन्डौली प्रहरीले भने ती किशोरको अभिव्यक्ति विरोधाभास भएको बताएको छ। किशोर आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको आशंका गरेको छ।

एएनआइसँग कुरा गर्दै चन्डौलीका एसपी सन्तोष कुमार सिंहले किशोरको अभिव्यक्ति विरोधाभास भएको बताएका छन्। यसबारे सत्यतथ्य छानविन हुने उनले बताएका छन्।

यतिबेला किशारेको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले मुश्लिम किशोरले आगो लगाएको भनिएको स्थानको सिसिटीभि फुटेजमा त्यस्ता कुनै प्रमाण नभेटेको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा मुम्बई इन्डियन्स विजयी
Maruti Cement