नेकपाको सचिवालय बैठक १५ दिनका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरी स्थगित भएको छ।

पार्टी केन्द्रीय सदस्य लगायतको रुचिबारे बुझेर जिम्मेवारी बाँडफाँडको निर्णय लिने भन्दै सोमवार बसेको सचिवालय बैठक १५ दिनका लागि स्थगित गरेको हो।

सचिवालय बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यविभाजनका निम्ति रुचिका प्राथमिकताका बारेमा सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी समय दिइएको बताए। सचिवालय बैठक साउन २८ गते बस्ने छ।

अन्य सम्बन्धित समाचार:  विप्लबसहितका नेता आज सार्वजनिक हुँदै